गायिका सुनिता दुलालको नयाँ तीज गीत ‘पियारी’ सार्वजनिक भएको छ । साेमबार काठमाडौंमा आयाेजित एक कार्यक्रमका बीच उक्त गीत सार्वजनिक गरिएको हो ।
गायिका दुलालको पियारीमा कलाकार दिपाश्री निरौला, सुनिता दुलाल, निर शाह, लक्ष्मी गिरी, लक्ष्मी जोशीलगायतको अभिनय रहेको छ । उनकै स्वरमा रहेको पियारीकाे शब्द र संगीत दीपक शर्माकाे रहेकाे छ । सार्वजनिक ‘पियारी’ तीज गीतमा महिलाहरु कार्य व्यस्तताका कारण माइत जान नपाएको पिडा र पिडा पछिको पारिवारिक मिलनलाई देखाइएको छ ।
उक्त अवसरमा वरिष्ठ कलाकार लक्ष्मी गिरीले गायिका दुलालको स्वर रहेको ‘पियारी’ तीज गीतले नेपाली मौलिकता झल्काउने बताइन् । उनले तीजको नाममा भड्किलो म्युजिक र पहिरन नरहेको जिकिर गरिन् ।
यस्तै, गायिका सुनिता दुलाले आफ्नो तीज गीत ‘पियारी’ले आम दर्शकमाझ गहिरो प्रभाव छाड्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा नीर शाह, लक्ष्मी गिरी, रचना रिमाल, तारा थापा, कालीप्रसाद बास्कोटा, पुर्व मिस नेपाल उषा खडगी, पल्पसा डंगोललगायत कलाकारको उपस्थिती रहेको थियो ।





























प्रतिक्रिया