ललिता निवास जग्गा प्रकरणमा माधव नेपालले कुनै कुनियत राखेर काम गरेको छैनः मेटमणि चौधरी

ललिता निवास जग्गा प्रकरणमा माधव नेपालले कुनै कुनियत राखेर काम गरेको छैनः मेटमणि चौधरी

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका नेता एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले भ्रष्टाचार मुद्दामा दोषी पाईए जो कोहीलाई पनि कानुनी कठघरामा उभ्याउन पर्ने बताएका छन् ।

सोमबार काठमाडौंमाआयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद चौधरीले कसैले गलत काम गरे स्वत: सजायको भागीदार हुने बताएका हुन् । तर ललितानिवास जग्गा प्रकरणमा माधव नेपालले कुनियत राखेर कुनै पनि काम नगरेको दावी पनि उनको छ ।

तत्कालीन प्रधानमन्त्री नेपालले आफ्नो कार्यकालमा मुख्य तीन वटा काम गरेको बताउँदै उनले ती तीनै वटा काम गलत मनसाय प्रेरित नभएको जिकिर गरे । उनले भने ‘ ‘एउटा बालुवाटार जग्गाको गुरुयोजना बनेको थियो । त्यसलाई सपोर्ट गर्ने खाल्को निर्णय गर्नुभयो । दोस्रो बालुवाटार जग्गाको परिसर थियो, त्यसको विस्तार गर्ने कुरा । जुन कम्पाउन्ड थियो, कम्पाउन्डभन्दा बाहिर मोहीजमिनथियो । मोहीजमिनलाई समेत बालुवाटारको कम्पाउन्डभित्र ल्याउने काम गर्नुभयो, अर्को त्यसबेलासम्म सभामुखको निवासको नाममा, राष्ट्र बैक, प्रधानमन्त्रीनिवासको नाममाजुनजुननिकायले उपभोग गरिरहेका छन् उसको नाममा गर्नु भनेर क्याविनेट डिसिजन भएको थियो ।’

Skip This
Skip This
Logo