राप्रपा नेपालको केन्द्रीय समिति बैठक भाद्र ७ बाट

राप्रपा नेपालको केन्द्रीय समिति बैठक भाद्र ७ बाट

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी भाद्र ७ र ८ गते काठमाडौँमा बोलाइएको छ। राप्रपा नेपाल पुनर्जागरण पश्चात् यो बैठक पार्टी जिबनको निमित्त अत्यन्तै महत्त्वपूर्ण रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनैतिक कार्यपत्र सहित जनआन्दोलनको खाका समेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। "यो बैठक पार्टीको भावी कार्यदिशा र कार्ययोजना सहित सैधान्तिक वैचारिक पक्षलाई थप स्पष्ट पार्दै अघि बढ्नेछ" महामन्त्री बर्तौलाले भने।

संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्थाको अन्त्यको लागि संघर्षको बाटो बैठकले तय गर्ने उनले बताए। विभिन्न व्यक्ती,समूह,अभियान,पार्टीमा रहेका राष्ट्रवादी प्रजातान्त्रिक शक्तिलाई एकै ठाउँमा ल्याउन पार्टीले भरमग्दुर प्रयास गर्ने तथा राप्रपा नेपाललाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन सबैको साथ,सहयोग र समर्थन लिने गरि पार्टीलाई अघि बढाइने कार्ययोजना प्रस्तुत हुने जनाइएको छ।

बैठकमा अध्यक्ष थापाको राजनीतिक कार्यपत्र तथा आन्दोलनको खाका सहित महामन्त्री भाष्कर भद्राको सचिवालय सबन्धी प्रतिबेदन,महामन्त्री सुशील श्रेष्ठको प्रशिक्षण सम्बन्धि प्रतिवेदन,महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन,कोषाध्यक्ष ज्ञानेन्द्र कार्किको आर्थिक प्रतिवेदन सहित राजसंस्थाको बारेमा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीको नेतृत्वमा गठित कार्यदलले प्रतिवेदन पेश गर्नेछ। राप्रपा नेपालसङ्ग एकताको लागि सडक संघर्ष न्युनतम बटमलाईन रहने स्रोतले बताएको छ।

Skip This
Skip This
Logo