मकवानपुरमा पहिरोले घर बगाउँदा पाँचजना बेपत्ता, खोजी कार्य जारी

मकवानपुरमा पहिरोले घर बगाउँदा पाँचजना बेपत्ता, खोजी कार्य जारी

केन्द्रबिन्दु
0
Shares

मकवानपुरमा पहिरोमा परी पाँच जना बेपत्ता भएका छन्। मकवानपुरको वाग्मती गाउँपालिका- भोर्लेनीमा पहिरोले घर पुरिदा ५ जना बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो गाउँपालिकाका भोर्लेनीमा धारापानी स्याङ्तानको परिवारलाई पहिरोले बगाउँदै पाँच जना बेपत्ता भएका हुन्। उनीहरुको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएका छन्।

पहिरोले बगाउँदा बेपत्ता भएका ५ जना राति घर नजिकको खोल्सीमा पानीको बहाव बढे पछि पहिरो खसेको थियो। खोल्सीमा पहिरो खस्दा स्याङतानको परिवार भने मस्त निद्रामा थियो। सो पहिरो खसेलगत्तै ५ जना घरसहित वाग्मती नदीमा बगेको प्रारम्भिक रिर्पोट आएको प्रहरीले जनाएको छ। 

सो पहिरोमा परेका एकजनाको उद्धार गर्नका लागि सफल भए पनि घरमा सुतिरहेका स्याङ्तान, उनकी पत्नी, छोरी, ज्वाइँ र दुई जना बालबालिका भने अझै बेपत्ता रहेका छन्।

Skip This
Skip This
Logo