उत्पादक किसानलाई ७ लाख रुपैयाँ अनुदान

उत्पादक किसानलाई ७ लाख रुपैयाँ अनुदान

केन्द्रबिन्दु
0
Shares

कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन राइनास नगरपालिकाले  दूध उत्पादक किसानलाई ७ लाख रुपैयाँ अनुदान दिएको छ।

दूध संकलन केन्द्रमार्फत् गाईभैँसीको दूध बिक्री गर्ने नगरपालिकाभित्रका १ सय २५ जना किसानहरुलाई नगरपालिकाले अनुदान दिइएको हो। गत आर्थिक बर्ष २०७९/०८० देखि कृषि र पशुपालनलाई व्यावसायिक बनाउन उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन सुरु गरेको थियो।

नगरपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर ३ रुपैयाँका दरले ७ लाख ७५ रुपैयाँ अनुदान उपलब्ध गराएको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए।

गत आर्थिक वर्षमा नगरभित्रका १ सय २५ जना किसानहरुले उत्पादन गरेको २ लाख ३३ हजार ३ सय ५८ लिटर दूधको अनुदान रकम नगरपालिकाले स्थानीय जनविकास सहकारी संस्थामार्फत् किसानहरुलाई वितरण गरेको हो।

व्यावसायिकरुपमा पशुपालन गर्दै आएको किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरको प्रमुख प्रशासकीय अधिकृत सुयलले बताए। 

राइनास नगरपालिका केन्द्र तीनपिप्लेमा रहेको दुग्ध चिस्यान तथा संकलन केन्द्र र वडा नं. ६ धमिलिकुवामा रहेको सुजल दूध डेरीमा किसानले उत्पादन गरेको दुध संकलन हुँदै आएको छ । नगरपालिका, जनविकास सहकारी र दूध संकलन केन्द्रसँग आवद्ध किसान तथा सम्वन्धित संस्थासँगै समन्वय तथा सम्झौता गरी अनुदानको कार्यक्रम अघि वढाइएको नगरपालिकाका प्रमुख खड्कबहादुर गुरुङले बताए । 

कृषि तथा पशुपालन पेशालाई बनाई नगरपालिकालाई दूध र मासु, तराकारी, फलफूलमा   आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले कृषि र पशुपालनमा मा विशेष अनुदान दिँदै आएको छ। दूध उत्पादन विक्रीका लागि अन्य जिल्लाबाट खरिद गरी गाई ल्याउने किसानका लागि नगरपालिकाले ढुवानी खर्च स्वरुप ५ हजार रुपैयाँ दिने व्यवस्था समेत गरेको थियो। गत वर्ष अन्य जिल्लाबाट १ सय १२ गाई किनेर ल्याएका किसानहरुलाई ५ लाख ६० हजार रुपैयाँ बराबरको अनुदान वितरण गरिसकेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले दूध उत्पादन किसानलाई मात्र नभई कोदो उत्पादनमा समेत २५ प्रतिशतसम्म नगद अनुदान दिँदैं आएको छ। नगरपालिकाले गत वर्ष पशुपालक किसानहरुलाई नै लक्षित गरी दशैँ तिहार हाटबजार सञ्चालन तथा खसीबोका बिक्रीमा प्रति किलो २० रुपैयाँ अनुदान वितरण गरेको थियो। दूध उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकालले चालु आर्थिक  बर्षमा १२ लाख बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ। 

Skip This
Skip This
Logo