छोराको लट्ठी प्रहारबाट आमाको मृत्यु

छोराको लट्ठी प्रहारबाट आमाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको ज्यान गएको छ। शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको लट्ठी प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बिहान ४ बजे २३ वर्षका छोरा नवीन भण्डारीले कोठामा सुतिरहेकी आमालाई लट्ठीले टाउकोमा हानी आमाको ज्यान गएको प्रहरीले जनाएको छ। छोरा नवीनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Logo