उपत्यकामा परेको भारी वर्षाले चावहिलको तरकारी तथा फलफूल होलसेल कृषिबजार डुबानमा परेको छ ।
अत्याधिक वर्षाको कारण धोबीखोलामा मंगलबार आएको बाढी चावहिलको तरकारी तथा फलफूल होलसेल कृषिबजारमा पसेको हो । बाढीका कारण बिहान बेच्न राखिएका कतिपय तरकारीमा क्षति पुगेको तरकारी व्यवसायीले जानकारी दिए । सोमबारदेखि परेको भारी वर्षाले काठमाडौं आसपासका बागमती नदीलगायत धोबीखोला,विष्णुमती,मनोहरा, हनुमतीलगायतका खोलामा पानीको बहावमात्रै बढेको छैन्, उपत्यकाका नदी र खोला आसपासका क्षेत्र डुवानमा परेका छन् ।





























प्रतिक्रिया