सरकार र गौर घटनाका पीडितबीच पाँचबुँदे सहमति

सरकार र गौर घटनाका पीडितबीच पाँचबुँदे सहमति

केन्द्रबिन्दु
0
Shares

सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच सहमति भएकाे छ।

मंगलबार गृह मन्त्रालयमा भएको वार्तामा घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा शहीद स्मारक स्तभ बनाउने, घाइतेहरुको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने पाँचबुँदे सहमति भएको  हाे ।

यससँगै संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ। २८ जनाको मृत्यु हुने गरी ७ चैत २०६३ मा रौतहटको गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन थालेको थियो।

Logo