कोशीमा आज सार्वजनिक विदा

कोशीमा आज सार्वजनिक विदा

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेश सरकारले विश्व आदिवासी तथा जनजाति दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अर्जुन निरौलाले आदिवासी  तथा जनजातिहरू सम्मानमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको जनाएका हुन्।

कोशी प्रदेश सरकारको वार्षिक क्यालन्डरमा नै प्रदेशभरी यो दिवसका दिन बिदा दिने तय गरिएको छ।कोशीमा आदीवासी तथा जनजाती समुदायको बसोबास अन्य प्रदेशको तुलनामा धेरैछ। ‘आदिवासी युवाहरु आत्म निर्णयका लागि परिवर्तनका एजेन्टहरु’ भन्ने नारासहित आज अर्थात् अगष्ट ९ मा अन्तर्राष्ट्रिय रुपमा आदिवासी जनजाति दिवस मनाईन्छ।

Skip This
Skip This
Logo