यहि वर्ष आदिवासी जनजातिको अधिकारी स्थापित गर्छौः कानुनमन्त्री गुरुङ

यहि वर्ष आदिवासी जनजातिको अधिकारी स्थापित गर्छौः कानुनमन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आदिवासी जनजातिहरूको अधिकार कानुन निमार्ण गरेर नै सुनिश्चित गर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति समेत रहेका कानुनमन्त्री गुरुङले २०८० सालभित्र आदिवासी जनजातिहरू हकअधिकार स्थापित गर्ने प्रतिवद्धजना जनाएका हुन् । ‘यो विषयमा सरकारको गम्भिर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा आयोगका अध्यक्ष र सम्बन्धीत पदाधिकारीसंग सरकारले बसेर थप छलफल गरेर कानुन निमार्णका विषयमा छलफल गर्ने छ । आदिवासी जनजातिको हकअधिकार, स्थापित गर्ने गरी अगाडी बढ्नेछौं,’ मन्त्री गुरुङले भने । 

आदिवासी जनजाती आयोगले तय गर्ने कार्ययोजना कार्यान्वयनका लागि सरकारले पूर्णरुपमा सहयोग गर्ने पनिउनले प्रतिवद्धता जनाए ।  
 

Skip This
Skip This
Logo