संसद्को अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको छ ।
क्विन्टल सुन तस्करी प्रकरणमा एमालेले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ । बुधबबार दिउँसो १ बजेका लागि संसद बैठकक बोलाइएको छ ।





























प्रतिक्रिया