नारायणगढ-मुग्लिनको जाम खुलाउन रास्वपाले परिचालन गरेकाे समूहमाथि छानबिन गर्न निर्देशन

नारायणगढ-मुग्लिनको जाम खुलाउन रास्वपाले परिचालन गरेकाे समूहमाथि छानबिन गर्न निर्देशन

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिन सडकमा ट्राफिक व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खटाएको र्‍यापिड एक्सन टिम (आर.ए.टी)माथि छानबिन गर्न निर्देशन दिएको छ । 

राजमार्गको पहिरो, ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको दाबी गर्दै प्रशासनले रास्वपाको चिन्हसहितको ज्याकेटमा आर.ए.टी लेखेर वाकीटकी संचारसहितका युवाहरू खटेको भनेर सामाजिक सञ्जालमा फोटोसहितका पोष्ट आएपछि ध्यानाकर्षण जनाएको हो । रास्वपाका कार्यकर्ताले प्रयोग गरेको वाकीटकी स्वीकृति लिइएको र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएकाे छ । 

‘कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं,’ जिल्ला प्रशासन कार्यालयले भनेको छ । 

रास्वपा सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएको सय दिनअन्तर्गत  नारायणगढ–मुग्लिन सडकमा पहिरो जाँदा उद्धार तथा व्यवस्थापनका लागि आर.ए.टी निर्माण गर्ने घोषणा गरेका थिए। साेही समूह मंगलबार कालीखोला नजिकै लेदो खसेर राजमार्ग अवरुद्ध हुँदा वाकीटकी संचारसहित यात्रु र सवारी साधनको व्यवस्थापनमा परिचालन भएको थियो।

सभापति लामिछानेका निजी सचिब प्रकाश सिग्देलका अनुसार उक्त समूहले कार्यक्षेत्रमा रहेका प्रहरीसँगको समन्वयमा उद्धार, व्यवस्थापन र राहतका कामहरु गर्ने छ । विपत् परेका स्थानमा परिचालन हुने गरी खटाइएको उक्त समूहले  पहिरोका कारण अलपत्र परेका यात्रुहरुलाई सहजीकरण गर्दै यात्रालाई सहज बनाउन पहल गर्ने छ । प्रदेश संयोजक विजय गुप्ताको नेतृत्वमा ५० स्वयंसेवक परिचालन गरिएको छ ।  

Skip This
Skip This
Logo