छानबिन समितिको माग गर्दै एमालेले रोष्टम घेराउ गरेपछि संसद बैठक स्थगित

छानबिन समितिको माग गर्दै एमालेले रोष्टम घेराउ गरेपछि संसद बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे अवराेधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएकाे छ । बुधबार बसेकाे बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समितिको माग गर्दै एमाले सांसदले बैठक अवरुद्ध गरेपछि साउन २६ गते दिउँसो एक बजेसम्मका लागि स्थगित भएको हो । 

बैठकमा सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्ने समय दिएका थिए, जसमा सत्तारुढ सांसदहरुले विरोध जनाएका थिए । तर, सांसद थापालाई सभामुखले समय सकियो भनेपछि एमाले सांसदहरुले रोष्टममा आएर नाराबाजी गरेका थिए । 

साउन १० गतेदेखि एमालेले त्रिभुवन विमानस्थलमा भएको सुन तस्करीमा गृहमन्त्रीको समेत संलग्नता रहेको आरोप लगाउँदै उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै आएकाे छ । मंगलबारको बैठकमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले बोलेपछि गृहमन्त्रीले उठेका प्रश्नमाथि स्पष्ट पारेका थिए, तर सरकारले गरेको छानविनलाई विश्वास गर्न नसकिने भन्दै एमालेले पुनः अवरुद्ध गरेकाे थियाे । 

आजै मात्र संसद बैठकअघि बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सदनको अवरोध हटाउने विषयमा छलफल पनि भएको थियाे ।  

Logo