रवि लामिछानेको प्रश्नः राजश्वले गरिरहेको अनुसन्धान कुन कानून टेकेर सिआइबीलाई दिइयो ?

रवि लामिछानेको प्रश्नः राजश्वले गरिरहेको अनुसन्धान कुन कानून टेकेर सिआइबीलाई दिइयो ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुन कानून टेकेर राजश्वले गरिरहेको अनुसन्धान सिआइबीलाई दिइएको हो भन्ने विषयमा गृहमन्त्रीले प्रष्ट पार्नुपर्ने बताएका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै सभापति लामिछानेले अनुसन्धान सिआइबीलाई नदिने होइन तर कुन कानून अनुरुप दिइयो भन्ने चै प्रष्ट हुनुपर्ने बताएका हुन् । 

उनले भने, ‘मेरो गृहमन्त्रीलाई प्रश्न आम नेपाली जनतालाई स्पष्ट पारिदिनु होला ताकी तपाईले कुन कानुनमा टेकेर यो राजस्व अनुसन्धानबाट सिआईबीमा लानु भो ? गृहमन्त्रीज्युले हिजो दिनुभएको जवाफमा ३५ दिनको समय माग्नु भएको छ । तर उहाँलाई मेरो प्रश्न छ जुन सिआईबीलाई राजस्व अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सिआईबीमा लाने कुरा भयो राज्यका निकायलाई विश्वास गरौं भन्नु भयो तर मेरो प्रश्न कुनै कानूनमा टेकेर तपाईले गर्नु भयो होला । सिआईबीलाई नदिने भनेको होईन मैले तर कुनै प्रकृयामा जाँदा कुनै कानुनलाई टेकेर गर्नुपर्ने हुन्छ ।’ 

सभापति लामिछानेले यो सुन प्रकरणमा विभिन्न निकायको मिलेमतो भएको दावी पनि गरे । तस्करी सामान्य कर्मचारीको मिलेमतोले मात्र सम्भव नभएको उनको तर्क छ । 

रास्वपाले संसदमा बोल्न नपाएकोमा आज फरक शैलीमा विरोध गरेको थियाे । नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण बुधबार पनि संसद अवरुद्ध भएपछि रास्वपा सांसदहरुले संसद भवन परिसरबाटै संसदभित्र जसरी सभामुखलाई सम्बोधन गरेर आफ्नो धारणा राखेका थिए । 

Skip This
Skip This
Logo