जनताले सिंगापुर हेरे, स्वीट्जरल्याण्ड हेरे र लंका पनि हेरेः सांसद सिंह

जनताले सिंगापुर हेरे, स्वीट्जरल्याण्ड हेरे र लंका पनि हेरेः सांसद सिंह

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले नेताहरुको कुरामा विश्वास गर्नसक्ने अवस्था नरहेको बताएका छन् । 

बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग सांसद सिंहले यो देशमा काण्डै काण्डको प्रतिष्पर्धा मात्र हुने गरेको बताएका हुन् । उनले भने, ‘जनताले त हिजो पनि हेरेकै हो । पहिला जनताको आंँखामा सिंगापुर बनाईदिन्छु भन्थ्यो । त्यो पछि आएर स्वीट्जरल्याण्ड बनाईदिन्छु भन्थ्यो । यि नेताहरुले अहिले आएर यो गठबन्धनको सरकारले लंका बनाईदिन्छु भनेको छ तर मान्ने वाला कोही छैन ।’ 

सांसद सिंहले जनतालाई पटक पटक आँंखामा छारो हालेर यत्रो यत्रो काण्ड माथि काण्ड गरेर काण्डमय प्रतिष्पर्धा गर्ने बाहेक अरु केहीनभएको बताए । वर्षातको कारणले देशभरि तहसनहस भएको छ तर आफूहरुले सदनमा उक्त कुरा राख्न नपाएको पनि उनको गुनासो थियो । 

Skip This
Skip This
Logo