भोटको लागि जातीय द्वन्द्वलाई मलजल गर्ने काम भइरहेको राजेन्द्र लिङ्देनको आरोप

भोटको लागि जातीय द्वन्द्वलाई मलजल गर्ने काम भइरहेको राजेन्द्र लिङ्देनको आरोप

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति दलहरुले भोटको लागि जातीय द्वन्द्वलाई मलजल गर्ने गरेको आरोप लगाएका छन् । 

अन्तर्राष्ट्रिय आदिवासी जनजाती दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले केही राजनीतिक दल र अन्तर्राष्ट्रिय शक्तिहरुले नेपालमा भोटको लागि र द्वन्द्वनिम्त्याउन जातीय द्वन्द्वलाई मलजल गर्ने काम गरीरहेका आरोप लगाएका हुन् । 

उनले भने,‘म जोड दिएर भन्छु । केहि राजनीतिक दल, केहि व्यक्तिहरु र केही अन्तराष्ट्रिय शक्तिहरु नेपालमा भोटको लागि होस् अथवाद्वन्द्व स्थापनाका लागि होस् । जातीय द्वन्द्वलाई मलजल गर्ने काम गरीरहेका छन् ।’

अध्यक्ष लिङ्देनले नाम नलिइकन एकजना पूर्व प्रधानमन्त्रीले काठमाडौंका नेवारहरुले र गुठिहरुले प्राप्त गर्दै आएका पूजाआजाको सूविधासम्म खोस्नेकाम गरेको आरोप लगाएका छन् । ‘एकजना पूर्वप्रधानमन्त्रीले असाध्यै जोडका साथ नेपालका आदिवासी जनजातीको पक्षमा लेख्नुहुन्छ बोल्नुहुन्छ तर जब प्रधानमन्त्री बन्नु भयो काठमाडौंका नेवारहरुले यहाँका गुठिहरुले प्राप्त गर्दै आएका पूजाआजाको सूविधासम्म खास्ने काम गर्नुभयो ।’ उनले भने ।

Skip This
Skip This
Logo