कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ अस्पताल भर्ना भएका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार बिहान काम गरिरहेको समयमा एक्कासी असजिलो भएपछि मन्त्री गुरूङ अस्पताल भर्ना हुन् । उनलाई सुरुमा अन्नपूर्ण न्यूरो अस्पताल लगिएकाे थियाे तर, सामान्य चेकजाँच गरेपछि महाराजगन्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ल्याएर भर्ना गरिएकाे बताइएकाे छ ।
चेकजाँचका क्रममा मन्त्री गुरूङलाई उच्च रक्तचाप भएकाे र मुटुको धड्कन कम भएको देखिएको थियो।































प्रतिक्रिया