उपाध्यक्ष नेम्वाङकाे दाबी- पहिचान मुद्दाको नेतृत्व एमालेले गरेको हो, काेहीसँग तुलना हुन्‍न

उपाध्यक्ष नेम्वाङकाे दाबी- पहिचान मुद्दाको नेतृत्व एमालेले गरेको हो, काेहीसँग तुलना हुन्‍न

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले समावेशी तथा पहिचानको पक्षमा भएका आन्दोलनको नेतृत्व एमालेले गरेको दाबी गरेका छन् । 

बिहीबार लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालले केन्द्रीय कमिटीले, च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले एमालेले विभिन्न भाषा, धर्म, जाती र समुदायको हितमा व्यवहारमै देखिने गरी काम गरेको र त्यसको कसैसँग तुलना हुन नसक्ने दाबी गरे ।  

उनले भने ‘ढुक्क सँग,छाती फुकाएर,शिर ठाडो पारेर हामीले भने हुन्छ समावेशिताको पहिचानको यी सम्पूर्ण आन्दोलन अभियानको नेतृत्व एमालेले गर्छ,गरेको छ । यसमा कुनै पनि तुलना हुन सक्दैन ।’

भिन्नभिन्न जाती,भाषा,धर्म,समुदायका जनताको हितमा एमालेले दृढतापूर्वक उभिएको भन्दै उनले पहिचान र समावेशीताको पक्षमा सर्त बन्दी नगर्ने तर्क गरे । उनले भने, ‘नेकपा एमाले सर्तबन्दी गर्दैैन, यो देशका विविध भाषा,धर्म,जाती समुदायका जनताको हितमा नेकपा एमाले जहिले सुकै दृढतापूर्वक उभिएको छ । आउने दिनहरुमापनि दृढतापूर्वक उभिन्छ । यसले आफ्नो व्यवहारबाट काम कारवाहीबाट यो कुरा स्थापति गरेको छ ।’

त्यस्तै उपाध्यक्ष नेम्वाङले नेकपा एमालेकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रदेखि धर्म निरपेक्षता र समावेशीता सहितको संविधान निर्माण गरिएको र पार्टीले पनि सबैलाई एकताबद्ध बनाएर लगेको जिकिर गरे । 

‘धर्म निरपेक्षता कस्को नेतृत्वमा घोषणा भयो,आयोगको महासन्धी अघि चर्चा चल्दै थियो कस्को  नेतृत्वमा नेपालले त्यसलाई अनुमोदन गर्‍यो,आदिवासी जनजाति सम्बन्धी घोषणा पत्रमा कस्को भूमिका छ ? हाम्रो नेतृत्व पहल र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र,धर्म निरपेक्षता,समावेशीता सहितको समाजवाद उन्मुख संविधान जारी भयो । अब हामीले अरु धेरै भनिरहनुपर्छ र । त्यसलाई कार्यान्वयन गर्नका लागि हामी लाग्यौँ ।’ उनले भने । 

आदिवासी जनजातिको मुद्दामा एमालेले जति काम कसैले नगरेको उपाध्यक्ष नेम्वाङको दाबी छ । ‘किँरातहरुको महागुरु फाल्गुनन्दलाई हाम्रो नेतृत्व,पहल र प्रयासमा महागुरु फाल्गुनन्द हाम्रो राष्ट्रिय विभुति बनायौं । यति भैसके पछाडि यो देशलाई सबै जाती, भाषा, धर्म,समुदायका जनतालाई एकताबद्ध बनाएर अगाडि बढ्ने कुरामा नेकपा एमाले न भूतहो न भविष्यत छ,न कहिल्यै कसैले आउने दिनहरुमा कसैले गर्न सक्छन् । किनभने धेरै महत्वपूर्ण काम हामीले गरिसकेका छौं ।’

उनले समावेशीता र पहिचानको पक्षमा भएका आन्दोलनको नेतृत्व एमालेले गर्दै आएको र पछि पनि गर्नेमा कसैसँग तुलना हुन नसक्ने दाबी गरे । 

Logo