नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बिहीवार दिउँसाे काठमाडौंको गल्फुटारस्थित उनकै निवासबाट पक्राउ गरेको हो । पक्राउको कारण खुल्न बाँकी छ ।
शर्मा गत निर्वाचनमा मोरङ ३ बाट निर्वाचित सांसद हुन् । केही दिनअघि देखि सांसद शर्माले सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै आएका थिए । त्यसपछि सांसद शर्मालाई एकाएक पक्राउ गरिएकोमा कांग्रेसकै नेताहरुले संशय व्यक्त गरेका छन् ।





























प्रतिक्रिया