नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सांसद सुनिल शर्मालाई पक्राउ गरेपछि आक्रोश पोखेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बिहीवार दिउँसो काठमाडौंको गल्फुटारस्थित निवासबाट सांसद शर्मालाई पक्राउ गरेको हो । उनको पक्राउको कारण खुलेको छैन ।
त्यसपछि नेता सिवाकोटीले सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन् । 'केही दिनदेखि सुन तस्करीको विषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सीआईबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो? संसद चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्वीकृति दिएका हुन्? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन्?,' उनले प्रश्न गरेका छन्।































प्रतिक्रिया