काठमाडौं ।
नयाँ सर्ट फिल्म ‘एक लभर’ युट्युबमा सार्वजनिक भएको छ । सञ्चारकर्मीसमेत रहेका रामजी ज्ञवालीको निर्देशन र दुर्गाप्रसाद ज्ञवालीको निर्माणमा तयार भएको ‘एक लभर’ मा नेपालका युवायुवतीको विदेश मोह र त्यसले समाजमा उत्पन्न समस्यालाई प्रस्तुत गरेको छ । अझ युवा युवतीको प्रेम सम्बन्धमा आइपर्ने असरलाई प्राथमिक विषय बनाइएको छ ।
झण्डै ३० मिनेट लामो यो फिल्म ‘राम्रो इन्टरटेण्टमेन्ट’ ले निर्माण गरेको हो । अध्यनसँगसँगै प्रेमीलाई भेट्न अस्टेलिया जान खोजेकी एक युवतीले नेपालका एक धनाढ्य युवालाई प्रेमको नाटक गरी लाखौं खर्च गराएर जब अष्ट्रेलिया पुग्छिन् । प्रेमिका अष्ट्रेलियामै रमाउँछिन् तर, यता प्रेमी प्रेमिकासँगको विछोडमा भौतारिरहन्छन् । यसलाई एक विदेश अध्ययन मोहले निम्त्याएको विकृत रूपको अंशका रूपमा लिन सकिन्छ जुन, घटनाहरू नेपाली समाजमा घट्दै आएका छन् । निर्देशक ज्ञवालीले पनि यही केन्द्रमा रहेर फिल्म तयार गरेका छन् ।
समाजमा भएका घटनालाई टपक्कै फिल्ममा समावेश गरेको बताउने निर्देशक ज्ञवालीले यसअघि डार्क मुन, लकडाउन, को हौ तिमी, ट्रस्ट, आइ एम सरी, ह्युमानिटी लगायतका फिल्म सार्वजनिक गरिसकेका छन् ।
निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखनमा तयारी चलचित्रमा अभिनेता शाहिल खान, अभिनेत्री अनुपमा भण्डारी, कलाकारहरु राजेश थापा, सायसा बायलकोटी, सरु माझी लगायतका कलाकारको अभिनय रहेको छ ।
राम्रो इन्टरटेनमेन्टको सहनिर्माता रहेको चलचित्रका प्रमुख सहायक निर्देशक आर्यन अधिकारी हुन् । सन्दिप रसाइलीको म्युजिक तथा लिरिक्स रहेको गीतमा असिम केसीको स्वर रहेको छ ।
एलिस कार्कीको ब्याकग्राउण्ड म्युजिक, वसन्त घर्ती मगरको भिएफएक्स, नगीना श्रेष्ठको मेकअप रहेको चलचित्र वाइड क्यानभास फिल्मस् प्रोडक्सनले काम गरेको हो । चलचित्रको पोस्टर डिजाइनर विजय बस्याल हुन् । राजेन्द्र मोक्तान कलरिस्ट रहेको चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् भने शाहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । भिडियो:































प्रतिक्रिया