नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारीको नेतृत्व गरेको आरोप लगाएपछि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै गर्दा सांसद शर्माले देशको प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरूको नेतृत्व गरिराख्नुभएको छ कि डेमोक्रेटिकको नेतृत्व गरिराख्नुभएको छ ? भन्दे प्रश्न गरेपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाएका हुन् ।
उनले भने, ‘एउटा माननीयले प्रधानमन्त्रीलाई आतंककारी कसरी भन्न मिल्छ ? कसरी सम्भव हुन्छ । यो रेकर्डबाट हटाएर कारबाही गर्नुपर्छ ।’





























प्रतिक्रिया