एसिया कपका लागि नेपाली टाेलीकाे घाेषणा

एसिया कपका लागि नेपाली टाेलीकाे घाेषणा

केन्द्रबिन्दु
0
Shares

पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । 

एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग खेल्ने हुनेछ । 

समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । 

नेपाली टोली-

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दिप लामिछाने, करन केसी, ललित राजबंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाल ।

Logo