एमालेले भन्याे- ‘सुन तस्करी प्रकरणमा सरकारको संलग्नता प्रष्ट भएको छ’

एमालेले भन्याे- ‘सुन तस्करी प्रकरणमा सरकारको संलग्नता प्रष्ट भएको छ’

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले क्वीन्टल सुन तस्करी प्रकरण छानबिनमा सरकारले प्रतिपक्षको आवाज दबाउन खोजेको दाबी गरेको छ । 

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले प्रतिपक्षीको आवाजलाई दबाउन खोजेको दाबी गरेका हुन् । 

उनले भने,‘सरकारले जुन ढंगले छानबिनमा आलटाल गरेर प्रतिपक्षीको आवाज दबाउन खोजिरहेको छ, सांसद पक्राउ गरेर प्रतिशोधपूर्ण बाटोमा अघि बढ्दैछ,। यसमा संलग्न मन्त्रीहरुले राजीनामा दिनुपर्छ भन्ने व्यक्ति र सांसदहरुलाई प्रतिशोधपुर्ण ढंगले थुनामा राख्ने तर्साउने कार्यहरु भइरहेका छन् । जति समय वित्दै छ त्यती त्यती सरकारको संलग्नता प्रष्ट भएको छ ।’ 

सीआईबीले नामै किटान गरेकालाई समेत सरकारले छानबिनको दायरामा नल्याएको उपमहासचिव ज्ञवालीको दाबी छ । ‘सीआईबीले नाम किटान गरेका छानबिनमा नल्याउने, सरकारी वकिलले नाम हटाएर मुद्दा दायर गर्ने स्थिति छ। यो सबैमा दबाब र प्रभाव प्रष्ट देखिन्छ।’ उनले भने ।

सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै आएको एमालले आजसमेत संसद् बैठक अवरुद्ध गरेको छ । 

Logo