सभामुखले पक्षपातपूर्ण व्यवहार गरे, सदन हाइज्याक भयोः रवि लामिछाने

सभामुखले पक्षपातपूर्ण व्यवहार गरे, सदन हाइज्याक भयोः रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा सभामुखले पक्षपाति व्यवहार गरेको आरोप लगाएका छन् । 

सोमबार सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले सभामुखको क्रियाकलापले सदन हाइज्याक भएकाे आराेप लगाएका हुन् । ‘संसद हाइज्याक गर्न पाइदैन । त्यो सम्मान कायम राख्न सक्नु पर्छ दल छोडेर संसद छिरिसकेपछि । दलको बन्न पाइदैन ।  व्यवहारले पनि पाइदैन । क्रियाकलापले पनि पाइदैन् । भित्रिरुपमा पनि पाइदैन् बाहिरि रुपमा पनि पाइदैन ।’ उनले भने, ‘यसले लोकतन्त्रको मान्यतामाथि कुठारा घात हुन्छ । ठुलो ठेस लाग्छ ।’  

नियोजितरूपमा सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको भन्दै सभापति लामिछानेले आफ्नो पार्टीले गम्भीर ढंगले त्यसको जवाफ दिन बाध्य हुने चेतावनी दिए ।

Skip This
Skip This
Logo