यस्ताे छ आज फलफूल तथा तरकारी मूल्य

यस्ताे छ आज फलफूल तथा तरकारी मूल्य

केन्द्रबिन्दु
0
Shares

पछिल्लो दिनमा लगातार वर्षा हुँदा तरकारीको मूल्यमा घटबढ भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सार्वजनिक गरेको मूल्यसूचीमा हरियो तरकारीमा हिजोको तुलनामा मूल्य घटेको हो। 

सार्वजनिक मूल्यअनुसार हरियो तरकारीमा सोमबार १० देखि ५० रुपैयाँसम्म आकासिएको मूल्यमा आज समायोजन भएको छ। हरियो तरकारीको मूल्य १० रुपैयाँदेखि ३० रुपैयाँसम्म घटेर आएको छ।

आज बजारमा गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी २० रुपैयाँले घटेको छ। सोमबार प्रतिकेजी गोलभेँडा १६० रुपैयाँ न्यूनतम कायम भएको मूल्य आज १४० रुपैयाँ तोकिएको छ। 

लोकल सानो गोलभेँडाको मूल्य हिजोको तुलनामा १० रुपैयाँले घटेर ६० रुपैयाँ प्रतिकेजी रहेको छ। रातो आलुको न्यूनतम मूल्य ५० रुपैयाँ पुग्दा भारतीय सुकेको प्याजमा पनि प्रतिकेजी ५८ रुपैयाँ रहेको छ। आज स्थानीय काउली हिजोको तुलनामा ३० रुपैयाँले घटेर प्रतिकेजी ५० रुपैयाँ न्युनतम मूल्य तोकिएको छ। हिजो काउली प्रतिकेजी ८० रुपैयाँ तोकिएको थियो।
 
त्यस्तै, कन्यच्याउको मूल्य हिजोको तुलनामा आज स्थिर रहेको छ। च्याउ २०० रुपैयाँ प्रतिकेजीमा पाइने छ। डल्ले च्याउ भने प्रतिकेजी ५० रुपैयाँले बढेर आज ३५० रुपैयाँमा किनबेच हुने समितिले जनाएको छ। गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमी लोकल ७०,भन्टा लाम्चो ४०,मकै बोडी ६०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ।

तितो करेला ४०, लौका ५०, परवल ५५,घिरौला ३०,फर्सी पाकेको ५०,काँक्रो लोकल ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ।त्यस्तै, केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य हिजोको तुलनामा स्थिर प्रतिकेजी ३५० रहेको छ।

कागती १२०, अनार ३५०, तरबुजा हरियो ७०, मौसम १५०,कालो अंगुर ४०० र नासपाति लोकल ६० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ। 

Logo