सगरमाथाबाट प्याराग्लाइडिङ गर्न सकिने कानूनी व्यवस्था मिलाउँदै छाैँः मन्त्री किराती

सगरमाथाबाट प्याराग्लाइडिङ गर्न सकिने कानूनी व्यवस्था मिलाउँदै छाैँः मन्त्री किराती

केन्द्रबिन्दु
0
Shares

नागरिक उड्ययन तथा पर्यटनमन्त्री सुदन किरातीले पर्वतारोहण क्षेत्रको विकासका लागि ८ हजार मिटर उचाईबाट प्याराग्लाइडिङ गर्न सकिने सहितको व्यवस्था राखेर पर्वतारोहणसम्बन्धी नियमावली संशोधन गर्न लागेको बताएका छन् । 

मंगलबार काठमाडौंमा एक कार्यक्रममा किरातीले नियमावली संशोधन गरेर ग्लाइडरका लागि सहज बनाउने बताएका हुन् । उनले नेपालमा पवर्तारोहणको क्षेत्रको विकासका लागि हाल भएको कानून पुरानो भएको र समयानुकूल परिमार्जनको खाँचो रहेको औंल्याए । 

मन्त्री किरातीले एक सगरमाथा आरोहीले चुचुरोमा पियानो बजाउँदा द्दण्डित गर्न बाध्य भएको पुरानो कानूनी प्रावधानलाई स्मरण गर्दै पर्वतारोहण नियमावली संशोधन गर्दा ८ हजार मिटर उचाइको हिमालबाट प्याराग्लाइडिङ गर्न सक्ने व्यवस्था राखेको बताए । 

उनले भने, ‘हाम्रो ऐन अनुसार एउटा निर्णय गर्नुपर्दा म धेरै दुखी भए । एक जना हिमाल चढ्नुभएछ,त्यसपछि हिमालमा गएर गोजीमा लुकाएर लगेको सानो पियानो  १२ सेकेण्ड बजाएछन् । त्यसपछि उहाँलाई मुद्दा लागेछ । मुद्दा लागेपछिको फाइल मन्त्रालयमा आइपुग्यो । ५० हजार जरिवानातोकिएको रहेछ । मैले भने अरुको देशमाहिमालमा पर्यटकले पाराग्लाईडिङ र स्काई ड्राईभिङ गर्छन् । हाम्रोमा पाहुनालाई बजाएकोमा बढीमा सम्झाएर सचेत गरौं तर, करबाही गर्न भएन सन्देश नराम्रो जान्छ भनेर फाइलमा दस्तखत गरिन । तर, सात दिनपछि डेलिगेसन सहित कारबाही गरिपाउँ भनेर उहाँ आउनुभयो । लाखौं खर्चेर हिमाल आरोहण गरे कारबाही नगरे आरोहण गरेको प्रमाणपत्र नपाउने, गाइडको लाइसेन्स खोसिने र एजेन्सीको लाइसेन्स पनि खारेज हुन्छ भने ।’ 

उनले दुई दिन छलफल गरेर न्यूनतम १० हजार जरिवाना गराएर कारबाही गरेको यथार्थ सुनाउँदै थपे, ‘त्यहि पीडाले आज हामी सगरमाथाको ८ हजार मिटर उचाईबाट प्याराग्लाईडिङ गर्ने सहितको व्यवस्था राखेर नियमावली संशोधन गर्दैछौं । यो हाम्रो पर्वतारोहण क्षेत्रमा एउटा क्रान्तिहो भन्ने मलाई लाग्छ ।’

तर ८ हजार मिटरको उचाईबाट यदि प्याराग्लाईडिङ गर्ने हो भने त्यसका लागि ऐनमा नै डबल दस्तुर तिर्नुपर्ने व्यवस्था लागू गरिने छ । उनले नयाँ पर्यटन ऐन बनाउँदा संसारभरबाट पर्वतारोहणका लागि आएका पर्यटकलाई ऐन कानूनको समस्या झेल्न नपर्ने गरि सहज बनाउन मन्त्रालय सचेत रहेको दाबी गरे । 

Logo