आरती साहको न्यायको लागि माइतिघरमा प्रर्दशनः रास्वपाको पनि सर्मथन

आरती साहको न्यायको लागि माइतिघरमा प्रर्दशनः रास्वपाको पनि सर्मथन

केन्द्रबिन्दु
0
Shares

आरती साहको हत्या भएको भन्दै मृतकका आफन्तले न्याय पाउनुपर्ने मागसहित आज पनि माईतीघरमा विरोध प्रर्दशन भएको छ । 

जनकपुरधाम उपमहानगर पालिका ९ स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी साहको हत्या भएको भन्दै मृतकका आफन्तले सुरु गरेको आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि साथ दिएको छ । 

मंगलबार काठमाडौंको माईतीघरमा साहको विषयमा आवाज उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रहरीले गरेको ज्यादतीको बारेमा आफूले पहल गरेको बताएका छन् । ‘यो मुद्धा अदालतले हेर्छ र प्रहरीले गरेको ज्यादतीको बारेमा म जानकार छु र मैले त्यसको बारेमा अनुसन्धानको लागि जिम्मा दिएको छु । चाँडै नै अनुसन्धान हुनेछ ।’

जनकपुरधाम उपमहानगरपालिका–९ की आरतीको शव घरमै झुन्डिएको अवस्थामा जेठ ७ गते आइतबार बेलुका फेला परेको थियो । उनको शरीरभरि जताततै नीलडाम देखिएकोले हत्या गरिएको माइत पक्षको दाबी छ ।

Skip This
Skip This
Logo