आज २०८० साउन ३१ गते बुधबार। १६ अगस्ट २०२३।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
कामको चापले धपेडी हुनसक्छ। निर्णय कार्यान्वयन हुन सक्दैनन्। मन भावुक र उत्ताउलो बन्नेछ, तर धर्म र आस्थामा मन जानेछ समय छ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। आँटेको र ताकेको कार्य र पुँजी बजारमा प्रगति हुनेछ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ। रोकिएका वैदेशिक कार्य र अरु कामहरू पनि पुनः सुरु हुन सक्छन्।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज आफन्त र मित्रसँग भेटघाट हुनेछ। धर्म, कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ। सवारी साधन प्राप्तिको योग पनि छ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। सौन्दर्यतामा धन खर्च हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ, तर आफन्तको साथ र सल्लाह भने पाइनेछ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
स्वादिष्ट भोजनको अवसर मिल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ। कुनै कारणवश रोकिएका अधुरा कामले पनि गति लिनेछ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
लाभ, हानी, सुख, दुख बराबरी खालको समय छ। यात्रामा बाधा आइलागे पनि समस्या समाधान हुनेछ। रोकिएका कामले पनि गति लिनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
जोशजाँगर र हिम्मत बढ्नेछ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ र उपहार पनि प्राप्त हुनसक्छ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। पुनर्मिलनको योग रहेको छ। कतै घुम्न जाने योजना पनि बन्न सक्छ।































प्रतिक्रिया