संकटमा ओलीले साथ दिएकाले भेट्न गएँः सांसद शर्मा

संकटमा ओलीले साथ दिएकाले भेट्न गएँः सांसद शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्माले सङ्कटमा साथ दिएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको बताएका छन्।

नेपाली काँग्रेसले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले ओलीलाई भेट्न उनको निवास बालकोट जानुको कारण कार्यकर्तासमक्ष खुलाएका हुन्।

‘अनुमान लगाउँनुस्, तपाईँलाई तपाइकै बुबाले मार्न भनेर घाँटीमा न्याकेर पोखरीमा डुवाए, तर त्यतिबेला सँधै झगडा गरिरहने छिमेकी आएर तपाईँलाई बचायो भने पोखरीबाट निस्किएपछि मार्न खोज्ने बुबालाई अङ्गालो मार्नुहुन्छ की उद्धार गर्नेलाई मार्नुहुन्छ?,’ प्रश्न गर्दै सांसद शर्माले भने, ‘सङ्कटमा जसले बचायो त्यसलाई पहिले अङ्गालो मारिन्छ, हो मैले पनि त्यही कारण केपी ओली जिन्दावाद भनेको हुँ, उनलाई भेट्न पनि गएको हुँ।’ आफूलाई गिरफ्तार गराउँन काँग्रेस भित्रकै कतिपय जिम्मेवार व्यक्ति लागिपरेको उनले आशंका व्यक्त गरे। 

सुन तस्करी गरेर राज्यलाई करोडौं, अरबौं राजश्व छली भइरहेकाले त्यसको विरुद्धमा बोल्दा आफूलाई षड्यन्त्रपूर्वक हिरासतमा पुर्याइएको उनले बताए। आफूमाथि अन्याय हुँदा आफ्नै पार्टीका कतिपय जिम्मेवार व्यक्ति मौन बसेको भन्दै उनले दुःख व्यक्त गरे।

Logo