उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निजामती कर्मचारी ऐन १ हप्ताभित्र संसदमा दर्ता हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको प्रशिक्षण कार्यक्रम २०८०लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले ऐनका लागि केही काम बाँकी रहेको बताएका हुन् । उनले उक्त काम सकेलगतै १ हप्ताभित्र ऐन दर्ता हुने बताए ।
उनले भने, ‘यहि संसदमा दर्ता हुन्छ । संसदमा छलफल हुन्छ त्यसको लागि पहिला संसद चल्नु पनि पर्छ । त्यसैले सरकारको तर्फबाट १ हप्ताभित्र संसदमा दर्ता हुन्छ । वैधानिक ठाउँको सल्लाह लिने काम बाँकी छ । त्यो काम सकिने वित्तिकै त्यसको एक हप्ताभित्रमा संसदमा दर्ता हुन्छ । औपचारिक रुपमा दर्ता भएको दिन तपाईहरु सबैले तलब पाउनुहुन्छ ।’
निजामती कर्मचारी ऐन औपचारिक रुपमा दर्ता भएको दिन सबैको पारिश्रमिक दिने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।





























प्रतिक्रिया