संसदको गतिरोधमा राष्ट्रपति पौडेलकाे चासाे, अध्यक्ष ओलीकाे गराए ध्यानाकर्षण

संसदको गतिरोधमा राष्ट्रपति पौडेलकाे चासाे, अध्यक्ष ओलीकाे गराए ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई संसद गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा बुधवार भएको भेटमा पौडेल र ओलीबीच समसामयिक राजनीति र संसद्का गतिरोधकाबारे छलफल केन्द्रित रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराए ।

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सृजना गरेर अघि बढ्न सुझाव पनि दिएका थिए । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए । 

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै १० साउनदेखि एमालेले सदन अवरुद्ध गर्दै आएको छ । सदनको अवरोधप्रति राष्ट्रपति पौडेलले चासो राख्दै आएका छन् । यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि चासो राख्दै सदनको अवरोध हटाउन भनेका थिए । 

Logo