क्रान्तिकारी कम्युनिष्ट पार्टीले पेट्रोलियम प्रदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । बुधवार काठमाडौंको टेकुस्थित नेपाल आयल निगमको कार्यमलय अगाडि उक्त विरोध प्रदर्शन गरेका हुन् ।
विरोध कार्यक्रममा पार्टीको केन्द्रीय आयोजक कमिटी सचिवालय सदस्य हरिकृष्ण गजुरेलले सरकार र आयलनिगमले मूल्य वृद्धि गरेर समग्र आमजनतालाई मारमापारेको भन्दै जसरी हुन्छ मूल्य वृद्धि फिर्ता गर्न माग गरे । उनले यदि सरकार र आयल निगम जवाफदेही हुँदैन् भने आफूहरु जस्तोसुकै संघर्षका कार्यक्रम अगाडि बढाउन पछि नहट्ने चेतावनी दिए ।
उनले भने, ‘सरकार र आयल निगमले मूल्यवृद्धि गरेर जनताको गाँससँग यातायातसँग जोडिएको यस्तो विषयको मूल्य वृद्धि हुँदा स्वतः सबैमा वृद्धि हुन्छ । र समग्र रुपले आमजनतालाई असर पर्छ त्यसैले फिर्ता गर्नुपर्छ यो जनतालाई सह्य छैन् । यदि सरकार र निगम जवाफदेही हुँदैन भने । जस्तोसुकै संघर्षका कार्यक्रम अगाडि बढाउन बाध्य हुनेछौं ।’
प्रदर्शनमा सहभागीहरुले नेपाली जनतालाई ढाड सेक्नेगरी गरेको सो मूल्यवृद्धि नेपाली जनताले स्वीकार्य नहुने भन्दै सरकारले लुटेने काममात्र गरीरहेको भन्दै आक्रोश पाखे ।





























प्रतिक्रिया