सेभियालाई हराउँदै सिटी च्याम्पियन

सेभियालाई हराउँदै सिटी च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

इंग्लिस क्लब म्यानचेस्टर सिटी स्पेनिस क्लब सेभियालाई पराजित गर्दै युइएफए सुपर कप च्याम्पियन बनेको छ।

ग्रीसको एथेन्समा बुधबार राति भएको खेलमा टाइब्रेकरमा स्पेनिस क्लब सेभियालाई ५-४ ले पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो। निर्धारित समयमा १-१ गोलको बराबरी भएको थियो।

निर्धारित समयको खेल बराबरीमा टुंगिए पछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा सिटीका एर्लिङ  हालान्ड, जुलियन अल्भारेज, माटियो कोभासिस, ज्याक ग्रेलिस र केल वाल्करले गोल गर्न सफल भए।

सेभियाका नेमान्जा गुडेल्जले अन्तिम प्रहारमा गोल गर्न सकेनन्। लुकास ओकम्पास, राफा मिर, इभान राकिटिच र गोन्जालो मोन्टेलले गोल गर्न सफल भए। त्यसअघि युसुफ एन न्यास्रीको गोलबाट सेभियाले खेलको २५औँ मिनेटमा अग्रता लिन सफल भएको थियो। 

युइएफए सुपर कप युइएफए च्याम्पियन्स लिग विजेता र युइएफए युरोपा लिग च्याम्पियनबीच हरेक वर्ष हुने गर्दछ। सिटी च्याम्पियन्स लिगको तथा सेभिया युरोपा लिगको च्याम्पियन हो। 

Logo