सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पेसी

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पेसी

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ।

पेशी सूचीमा उनको मुद्दा पहिलो नम्बरमा छ। बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरे यता मुद्दाले निरन्तरता पाउन सकेको थिएन।

आज पनि सन्दीपको मुद्दामा फैसला नभएमा उनि यही भदौ ३० गतेदेखि हुने एसियाकप क्रिकेट खेल्न पाकिस्तान र श्रीलंका जाने सम्भावना निकै कम हुनेछ। फैसला चरणमा रहेको मुद्दाको पेसी विभिन्न बहानामा पटक–पटक धकेलिँदै आएको छ। 

Skip This
Skip This
Logo