मकवानपुरको हेटौँडास्थित होटलमा बसेका एक जना युवकले आफ्नै संवेदनशील अंग (लिंग) काटेर घाइते भएका छन् ।
घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका–७ नयाँगाउँका २२ वर्षीय नवीन हुमागाईं रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बुधबार राति हेटौँडा उपमहानगरपालिका–१० बसपार्कस्थित फुलबारी होटल एण्ड लजमा बसेका थिए। होटलमा बसेकै बेला उनले आफ्नो लिङ्ग काटेका थिए ।
आफ्नो संवेदनशील अङ्ग काटेर असह्य भएपछि उनी उपचारका लागि पनि आफैँ अस्पताल पुगेका थिए। उनी उपचारका लागि भनेर राति ११:४५ बजेतिर हेटौँडा अस्पताल पुगेका थिए। त्यसपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ।
हाल घाइते युवककाे अवस्था मध्यम रहेकाे प्रहरीले जनाएको छ।





























प्रतिक्रिया