नेपालको पुँजीबजार गम्भीर अवस्थामा रहेकोले सुधार गर्न लगानीकर्ताको माग

नेपालको पुँजीबजार गम्भीर अवस्थामा रहेकोले सुधार गर्न लगानीकर्ताको माग

केन्द्रबिन्दु
0
Shares

नेपाल धितोपत्र बोर्ड,नेप्से, अर्थमन्त्रालयलगायत अन्य निकायलाई नेपालको पुँजी बजार गम्भीर अवस्थामा रहेको भन्दै तत्काल सुधारको माग गर्दै ध्यानाकर्षण गराइएको छ।

शेयर लगानीकर्ताहरुको तर्फबाट तिलक कोईरालाले पुँजीबजारमा आपर्तिको खोला बगाउँने, माग सिर्जना हुने कुनै पनि काम नगर्ने लाखौ लगानी कर्ताको रकम जोखिममा पार्ने काम भइरहेको बताए। 

उनले धितो पत्र बोर्ड, अर्थमन्त्रालय र नेप्सेले आवश्यक काम गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको बताए। लगानीकर्ता कोइरालाले आवश्यक काम नभए लगानीकर्ताहरु आक्रोशित भएर उत्रिने चेतावनी पनि दिए।

उनले भने, पुँजीबजारमा गम्भीर खालको समस्याहरु देखा परिरहेको छ। धितो पत्र बोर्ड, नेप्से, अर्थमन्त्रालयलगायत अरु निकायहरुले गर्नुपर्ने कामहरु गरेका छैनन्। पुँजीबजारमा आपूर्तिको खोला बगाउँने,माग सिर्जना हुने कुनै पनि काम नगर्ने लाखौ लगानीकर्ताको रकम जोखिममा पार्ने काम धितो पत्र बोर्ड, अर्थमन्त्रालय र नेप्सेले गरिरहेका छन्। समयका काम गरेन भने लगानीकर्तामा ठूलो आक्रोस सिर्जना हुन्छ।’
 
लगानीकर्ता कोइरालाले पुँजीबजारलाई मार्ने काम भइरहेको र त्यसको परिणाम नराम्रो आउँने भन्दै यस्को सुधारका लागि तत्काल काम गर्नुपर्ने बताए। 

Skip This
Skip This
Logo