राष्ट्रपति पौडेलसमक्ष बेलायती राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति पौडेलसमक्ष बेलायती राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि संयुक्त अधिराज्य बेलायतका नवनियुक्त आवासीय राजदूत रोर्वट डोमिनीक रोस्यल फिनले ओहोदाको प्रमाण प्रस्तुत गरेका छन् । 

बिहीबार राष्ट्रपति निवास पुगेर राजदूत फिनले राष्ट्रपति समक्ष ओहोदाको प्रमाण पत्र पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले यसअघिका राजदूत निकोला पोलिटलाई प्रतिस्थापन गर्नेछन् । 

यसअघि उनी सन् २०१८ देखि २०२२ सम्म जार्कातामा डेपुटि हेड अफ मिसनको रुपमा कार्यरत थिए । 

त्यस्तै, समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत न्युहेन थान हाईले नि आजै राष्ट्रपति पौडेल समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

Logo