सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्री तथा राज्यमन्त्रीहरुसँग परामर्श गरेका छन् । आज साँझ शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीसँग परामर्श गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको पछिल्लो विवादबारे ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री ओलीले एकता गम्भीर मोडमा पुगेको कुरा राखेका थिए । प्रधानमन्त्रीले अब जे पनि हुनसक्ने संकेत गर्दै सबैलाई जो जताको पक्षमा हुनुहुन्छ त्यता नै रहन सुझाव दिएको बुझिएको छ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता तहमा विभिन्न विषयमा विवाद देखिँदै आएको छ । यसका कारण स्थायी कमिटी बैठकसमेत पटकपटक स्थगित हुँदै आएको छ । विवादित विषयमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न चरणमा छलफल गरिरहेका छन् ।
यसअघि शुक्रबार विवाद मिलाउन अध्यक्ष एवं प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड¬बीच भएको छलफल सकारात्मक दिशामा उन्मुख भएको थियो । आज भने दुई अध्यक्ष बीचमा छलफल हुन सकेको छैन ।





























प्रतिक्रिया