कर्मचारी देशका स्थायी सरकार हुन्, सशक्त बन्नुपर्छः सभापति देउवा

कर्मचारी देशका स्थायी सरकार हुन्, सशक्त बन्नुपर्छः सभापति देउवा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारी भनेको स्थायी सरकार भएकोले स्थायी सरकार सशक्त बन्नुपर्ने बताएका छन् । उनले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउन आवश्यक भएको पनि बताए । 

नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कर्मचारी युनियन, सामाजिक संगठन, राजनीतिक पार्टी संगठनहरुलाई चलायमान बनाउँदै देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘पार्टीको नाम जे राखेपनि सबैले संविधानलाई पालना गर्नुभएको छ । संविधानअनुसार पार्टी चलेका छन् । भोलिका दिनमा ध्यान दिनुपर्ने कुरा के छ भने कर्मचारी युनियन भयो, सामाजिक संगठन, राजनीतिक पार्टी संगठनहरु चलायमान बनाउनुपर्छ । अर्को भनेको देशलाई समृद्धितर्फ, विकासतर्फ बढाउनुपर्छ ।’

सभापति देउवाले राजनीतिक भनेको आउने जाने प्रक्रिया हो तर कर्मचारी भनेको स्थायी सरकार भएको भन्दै स्थायी सरकार सशक्त हुनुपर्ने बताए । 

Skip This
Skip This
Logo