एकताबद्ध भएर खेलकुद क्षेत्रको विकासमा लाग्न मुवाँथाई संघलाई सदस्यसचिव घिसिङको आग्रह

एकताबद्ध भएर खेलकुद क्षेत्रको विकासमा लाग्न मुवाँथाई संघलाई सदस्यसचिव घिसिङको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्रिय मुवाँथाई संघको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । 

शुक्रबार काठमाडौंमा संघले कार्यक्रमको आयोजना गरी साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको हाे । तीनवटा उस्तै खेल प्रकृतिको संघहरुको एकता गरी मुवाँथाई संघ बनाएर प्रथम साधारण सभा गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । 

उनले आगामी दिनमा पनि मुवाँथाई संघलाई एकताबद्ध भएर खेलकुद क्षेत्रलाई विकास गर्न आग्रह गरे । 

उनले भने,‘मुवाँथाईको विषयमा परिषद्मा एउटै खेल प्रकृतिका तीनवटा संघहरु थियो । तीनवटा संघहरु एकतावद्ध गराएर एउटै तटस्थ समिति गठन गराएको हो । एउटै खेल प्रकृतिका संघहरु एकताको सन्देश बोक्ने आजको कार्यक्रम भएको छ । मुवाँथाईका पदाधिकारीलाई यसैगरी आगामी दिनमा एकताबद्ध भएर खेलकुद क्षेत्रलाई विकास गर्न आग्रह गर्छु ।’

Logo