गायिका रेखा जोशीले तीज गीत सार्वजनिक गरेकी छिन्।
गायक भागिरथ चलाउनेसँगको सहकार्यमा उनले ‘मेरो लागि मर्ने केटो’बोलको गीत बजारमा ल्याएकी हुन्। बिहीवार बेलुका सार्वजनिक गीतमा रेखा र भागिरथको स्वर छ। भागिरथकै शब्द एवं संगीत रहेको गीतलाई एरेन्ज विनोद बाजुरालीले गरेका हुन्।
भिडियोमा जेरी भण्डारीको कोरियोग्राफी एवं निर्देशन छ। गायक भागिरथ स्वयंम भिडियोमा देखिएका छन्, भने साथमा मोडल करिश्मा ढकालकाे रहेकाे छ। गायिका रेखालाई पनि भिडियोमा देख्न सकिन्छ नवराज उप्रेतीको छायांकन रहेको यस गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन्। गीत माया प्रेमको विषयमा आधारित छ ।





























प्रतिक्रिया