‘प्रदिप गिरि विचार र सिद्धान्तमा कहिले पनि सम्झौता नगर्ने व्यक्तित्व’ -नेता निधि

‘प्रदिप गिरि विचार र सिद्धान्तमा कहिले पनि सम्झौता नगर्ने व्यक्तित्व’ -नेता निधि

केन्द्रबिन्दु
0
Shares

नेपाली काङ्ग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले प्रदिप गिरि आफ्नो विचार र सिद्धान्तमा कहिले सम्झौता नगर्ने व्यक्तित्व रहेको बताएका छन्। 

काङ्ग्रेसका नेता गिरिको पहिलो स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता निधिले गिरि आफ्नो विचारमा सम्झौता नगर्ने व्यक्तित्व भएको भन्दै एउटा परिभाषा र साँचामा ढाल्न नमिल्ने अद्भूत पात्र भएको बताए । उनले भने, ‘उहाँ आफ्नो विमतिबाट कहिले सम्झौता गर्नुभएन्, मैले चाँहि कहिले काँही सम्झौता गरे मेरो र उहाँको फरक यही हो । उहाँलाई एउटा परिभाषा र साँचामा ढाल्न नमिल्ने अद्भूत पात्र हुनुहुन्थ्यो ।’

नेता निधिले गिरि जातिय, भाषिक, वर्ग र आर्थिक सबै किसिमको विभेदको विरोधी हुनुको साथै समाजवादी, कल्याणकारी, लोकतन्त्रवादी र स्वतन्त्रतावादीको पक्षधर भएको बताए । 

उनले भने, ‘प्रदिप गिरिको लागि कुनै विशेषणको आवश्यकता पर्दैन् उहाँ आफैमा एउटा विशेष हुन् । प्रदिप समावेशिताको पक्षधर, जातिय विभेद, भाषिक विभेद, वर्ग विभेद, आर्थिक विभेद सबै किसिमको विभेदको विरोधी र समानता पक्षधर हुन्। प्रेम र स्वतन्त्रतावादी प्रेमी हुन उहाँ, समाजवादी, कल्याणकारी लोकतन्त्रवादीको साथै स्वतन्त्रतावादी पनि हुन् ।’

Logo