युवाले शीर्ष तहमा बसेका नेतालाई विकास र उन्नतिको बाधक देखेँ -नेता कार्की

युवाले शीर्ष तहमा बसेका नेतालाई विकास र उन्नतिको बाधक देखेँ -नेता कार्की

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादीका नेता राम कार्कीले नयाँ पुस्ताले देशको विग्रदो अर्थतन्त्र र अनेक समस्यालाई ध्यान दिनुभन्दा पुरानो पुस्ताका शीर्षतहमा बसेका नेतालाई देश विकास र उन्नतिको बाधकको रुपमा लिएको भन्दै गुनासो गरेका छन् । 

शनिवार कांग्रेस नेता प्रदीप गिरिको प्रथम स्मृति दिवस पारेर काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा नेता कार्कीले युवा पुस्तामा राजनीतिक दलका शीर्ष नेताहरु नेपालको उन्नतिको बाधक हुन भन्ने परेको बताएका हुन् । 

उनले भने, ‘अहिलेका युवाहरुले बाधा भनेको अर्थतन्त्र र कुनै चिजलाई देखेका छैनन् । नयाँ पिँढीले बाधा भनेको हामीलाई मात्रै देखेका छन् । विभिन्न पार्टीको शीर्ष तहमा बसेका नेतानै नेपालको विकास र उन्नतिको बाधाहुनभन्ने नेपालका युवाहरुलाई परेको छ ।’

तत्कालीन समयमा माओवादी र अन्य राजनीतिक पार्टीलाई विचारका माध्यमबाट नजिक ल्याउन गिरिले भूमिका खेलेको बताएका कार्कीले उनको विचारले नै युवा पुस्तालाई जोड्न सक्ने धारणा राखे । 

पार्टीले निर्वाचनमा गरेको आदेश युवा कार्यकर्ताले नमानेको स्मरण गर्दै उनले भने, ‘हाम्रो हुकुम चलेन । चितवन र काठमाडौंमै पार्टीहरुले गर्ने जो फर्मान हो चलेन । अब पार्टीको आदेशको उल्लंघनको अन्त पनि हुन थाल्छ ।त्यसैले वास्तविक अर्थमा नयाँ युवा पिँढीलाई विचारहरुसँग जोड्न र आफ्ना चुनौतीहरुको सामना गर्न सक्नेगरि सक्षम बनाउनको निम्ति प्रदीप गिरिको सान्दर्भिकता छ ।’

Logo