कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ।
सार्वजनिक मूल्य सूची अनुसार हरियो तरकारीको मूल्यमा वृद्धि भएको छ। आज कन्य च्याउमा प्रतिकेजी २० रुपैयाँ,भन्टामा १० रुपैयाँ, तीतो करेला २०,काँक्रोमा १० रुपैयाँ बढ्दा आज परवलमा १० र सानो गोडभेँडाको मूल्यमा १३ रुपैयाँले भाउ घटेको हो।
नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १४० रुपैयाँ तोकिएको छ। लोकल सानो गोलभेँडा हिजोको तुलनामा १३ रुपैयाँले घटेर आज ६० रुपैयाँ प्रतिकेजी रहेको छ। यस्तै रातो आलु र प्याजको मूल्य स्थिर ५० रुपैयाँ भारतीय सुकेको प्याज प्रतिकेजी ६० रुपैयाँ रहेको छ। स्थानीय काउलीको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, कन्य च्याउको मूल्य प्रतिकेजी २० रुपैयाँले बढेर १८० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ। डल्ले च्याउको मूल्य स्थिर ३५० रुपैयाँ छ। गाजरको प्रतिकेजी ११० रुपैयाँमा बिक्रि भइरहेको छ। घिउ सिमी लोकल ८०,भन्टा लाम्चो६०,मकै बोडी ८०, भटमास कोशा ९० रुपैयाँ तोकिएको छ।
तितो करेला ८०, लौका ७०, परवल ६०,घिरौंला ५०,फर्सी पाकेको ५०,काँक्रो लोकल ७०,भिण्डि ८०,स्कूस ६०,प्याज हरियो १२०,रायो साग १३०,पालुगो १८०,कुरीलो ५५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ। त्यस्तै, केरा दर्जनको १३० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य हिजोको तुलनामा स्थिर प्रतिकेजी ३५० नै कायम छ।
कागती १६०, अनार प्रतिकेजी २८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ। साथै,तरबुजा हरियो ७०, मौसम १४०,कालो अंगुर ४०० र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ।





























प्रतिक्रिया