नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद नचल्नुमा सरकार र प्रतिपक्ष दुबै दोषी रहेको टिप्पणी गरेका छन् ।
आईतबारका लागि बोलाइएको संसद बैठकमा भाग लिन संसद भवन पुगेका नेता कोइरालाले सूचना निकालेर बैठक स्थगित गरिएपछि सञ्चारकर्मीसंग सत्ता पक्ष अझैबढी जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।
उनले भने ‘दुनियाँको नियम हो संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई अट्याक गर्ने गालि गर्ने । सत्तापक्षले पनि प्रतिपक्षले चल्न दिएन भन्ने । तर म के भन्दैछु भने हामी दुइटै दोषी हौँ भन्ने ।’
नेता कोइरालाले संसद नचल्दा राष्ट्रलाई नै गम्भीर घाटा हुने बताए । संसद चल्न सरकार र पार्टीमा जिम्मेवारी लिएर बसेका मान्छेले जिम्मेवारीपूर्वक प्रयास गर्नुपर्ने उनको तर्क छ । ‘म एउटा सांसद हो नेपाली कांग्रेसको हाम्रो सभापतिजी संसदीय दलको नेता हो । उहाँले कोर्डिनेट गर्ने कुरा हो । सरकारले कोर्डिनेट गर्ने कुरा हो । हामीहरु त आउँछौ । यी यस्तै भइराख्या छ ।’





























प्रतिक्रिया