मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले आजै विश्वासको मत लिने भएका छन् ।

सत्ता गठबन्धनले कोसी प्रदेशसभा सञ्चालन गरी आजै विश्वासको मत लिने निर्णय गरेको हो । उपसभामुख सिर्जना दनुवारले आजका लागि बैठक डाकेर अनुपस्थित भएपछि गठबन्धनले सभाको सञ्चालन गरेर विश्वासको मत लिने निर्णय गरेको हो । 

यसअघि संचारकर्मीसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री थापाले विश्वासको मत लिने समय आजका लागि टरेको बताएका थिए । तर, पुनः गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेकाे । सभाको सञ्चालन अध्यक्षमण्डलका सदस्य इसराइल मन्सुरीले गर्ने भएका छन् । उनले मुख्यमन्त्री थापालाई मतदान गर्ने पनि तयारी छ । 

मुख्यमन्त्री थापाले साेमबार विश्वासको मत लिने कार्यसूची रहेपनि त्यसलाई अलपत्र छाडेर उपसभामुख दनुवार ‘अचानक स्वास्थ्यमा समस्या देखिएको’ भन्दै काठमाडौँ आएकी थिइन् । यसलाई सत्ता गठबन्धनले एमालेले गरेको राजनीतिका रूपमा अर्थ्याएकाे छ ।

सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका थापाको पक्षमा बहुमत ४७ प्रदेशसभा सदस्यको मात्र समर्थन रहेको छ। ९३ सदस्यीय प्रदेशसभामा काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसद छन् । विपक्षमा एमालेका उपसभामुख बाहेक ३९ र राप्रपाको ६ जना सांसद छन्। 

Logo