सबैको विमति रहेको यो संविधान परिवर्तन गर्न आवश्यक छः उपेन्द्र यादव

सबैको विमति रहेको यो संविधान परिवर्तन गर्न आवश्यक छः उपेन्द्र यादव

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधानमा प्रदीप गिरिको विमति रहेकोले परिवर्तन आवश्यक रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित नेता स्व. प्रदीप गिरिको प्रथम स्मृति दिवसमा आयोजित संवाद कार्यक्रममा अध्यक्ष यादवले यो संविधानले आन्तरिम संविधानमा जनताले प्राप्त गरेको अधिकार समेतलाई पनि सम्बोधन गर्न नसकेको बताएका हुन् । गिरिले समेत विमति प्रकट गरेको यो संविधानको परितर्वन अहिले सबैले महसुश गरेको पनि उनले बताए । 

उनले भने,‘यो संविधानले अन्तरिम संविधान जनताले प्राप्त गरेको अधिकार समेतलाई पनि सम्बोधन गर्न सकेन । समानुपातिक समावेशीता,सहि मानेको संघीयता निर्वाचन ,गणतन्त्रका बलिया आधारहरु प्रणाली जस्ता महत्वपूर्ण पक्षमा संविधानमा आएको कुरामा गिरिको विमति थियो । त्यसैले यसको परिवर्तन आज सबैले महसुश गरेका छन् । संविधान निर्माणमा धेरै त्रूटिहरु भएका छन् । जसले गर्दा अहिले पनि अप्ठ्यारोमा छ ।’ 

अध्यक्ष यादवले सबैले मधेशी आदिवासी जनजाति, दलित महिला सबै पीडितको संघर्षमा शान्ति प्रकृयालाई बिथोल्न आएका भनेता पनि गिरि एक्लैंले मुक्तिको आन्दोलन हो सबैले साथ दिनुपर्छ भनेर वकालत गरेको स्मरण गरे । 

उनले भने,‘मधेशी जनविद्रोह, विभेदमा पारिएका सीमान्तकृत समूह मधेशीका साथ साथै आदिवासी जनजाति दलित महिला सबै पीडितको संघर्षलाई कसैले हिन्दूवादीले गरेको आन्दोलन भन्थे, कतिपयले शान्तिप्रकृयालाई बिथोल्न आएका पनि भने । यस्तो अवस्थाको बीचमा नेपालको राजनीतिमा एक्लै प्रदीप गिरि रोएर भन्नुभयो यो मुक्तिको आन्दोलन हो ।सबैले साथ दिनुपर्छ भनेर उहाँ उभिएर वकालत पनि गर्नुभयो ।’

गिरिले समाजवादलाई  सामाजिक राजनीतिक र सांस्कृतिक धरातलमा उभिएर  विश्लेषण गरेको पनि जानकारी पनि यादवले दिए ।

Logo