राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै

राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

संसद गतिरोध अन्त्यका लागि आज शितल निवासमा सर्वदलीय बैठक बस्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग संसद गतिरोधको बिषयलाई लिएर सर्वदलीय बैठक बोलाएका हुन्। 

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मंगलबार बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको बैठकमा प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुको उपस्थिति रहनेछ। तर, उनले समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएको जानकारी दिए।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन्।

सो विषयलाई लिएर राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीसँग तथा गत आइतबार बेलुका मात्रै  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरी जारी संसद अवरोधको विषयमा गम्भिर चासो व्यक्त गरेका थिए।  दुवै नेतासँग अलग अलग भेटवार्ता गरेपछि राष्ट्रपति पौडेलले आजका लागि सर्वदलीय बैठक बोलाएका हुन्। 

Skip This
Skip This
Logo