नेपाली कांग्रेसले प्राकृतिक न्यायको सिद्धान्तलाई पार्टीले प्राथमिकताका साथ कार्यान्वयन गर्ने कुरालाई जनसमक्ष गहिरोसँग बुझाउन विशेष अभियान सफल भएको निष्कर्ष निकालेको छ ।
कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले काठमाडौंमा पत्रकार सम्मेलनमार्फत २०८० श्रावण २ देखि १० चलेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार गत श्रावण २० देखि ३० गतेसम्म राष्ट्रव्यापी रूपमा चलाइएको अभियान सफल भएको बताएका हुन् ।
उनले भने, ‘जनताको दैनिक जनजीवनका समस्याहरुलाई गहिरोसँग बुझ्ने र राज्यको ध्यानाकर्षण गराउनु पर्ने विषयहरुलाई प्रतिनिधिले आत्मसात गर्दै भ्रष्टाचारविरुद्ध, सुशासनका पक्षमा नेपाली कांग्रेस शून्य सहनशीलताको नीति लिन्छ र कोहीपनि दोषी नछुटुन र कोहीनिर्दोष नफसुन् भन्ने प्राकृतिक न्यायको सिद्धान्तलाई पार्टीले प्राथमिकताका साथ कार्यान्वय नगर्ने गराउने गरेको वास्तविक कुरालाई जनसमक्ष गहिरोसंग बुझाउन विशेष अभियान सफल भएको छ ।’
उलने पार्टीको गतिविधि र सरकारको कामबारे समेत तल्लो तहका कार्यकर्तालाइ प्रष्ट पार्न सकिएको बताए ।
यस्तै, नेता विश्वकर्माले खटिएको प्रतिनिधिहरुले प्रदेश र जिल्ला कार्यसमितिले खटाएका प्रतिनिधिहरुसँग समन्वय र परामर्श गर्दै निर्धारित कार्ययोजनाअनुसार जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका र वडा कार्यसमितिसम्मका कार्यक्रमहरु केही जिल्लामा बाहेक तोकिए वमोजिमको समय सीमाभित्रै सम्पन्न गरिएको पनि जानकारी दिएका छन् ।
उनले नेपाली कांग्रेसको सदस्यता पार्टीको वेबसाईट मार्फत अनलाइन प्रक्रियाबाट लिन सकिने कुरा सबै तहमा जानकारी गराई पार्टीको भ्रातृ संघ र हालसम्म कुनैपनि पार्टीमा आवद्ध नभएकाव्यक्तिलाई समेत नेपालीकांग्रेसको अनलाइन सदस्य बन्न प्रेरित गर्ने बताए ।





























प्रतिक्रिया